सन्धिखर्कका सामुदायिक विद्यालयका ५१ शिक्षक कारवाहीमा

सबैको सन्देश/ सन्धिखर्क ।
अर्घाखाँचीका सामुदायिक विद्यालयका ५१ जना शिक्षकहरु कारवाहीमा परेका छन्। जसअन्तर्ग आर्थिक वर्ष २०७५÷७६ को सम्पत्ति विवरण नबुझाउने सन्धिखर्क नगरपालिका भित्रका ५१ जना शिक्षकहरु रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख युगलनाराण बसेलले जानकारी दिनुभयो ।
सम्पत्ति विवरण समयमा नबुझाएको आरोपमा ५ हजार जरिवाना गरी सम्पत्ति विवरण बुझाउन लगाउन नाम सार्वजनिक गरिएको हो । जसमा आधारभुत विधालय, निमावि र माविका शिक्षकहरु रहेका छन ।यता नगरपालिकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको परिपत्रअनुसार सम्पत्ति विवरण नबुझाएका शिक्षकलाई जरीवाना बापतको रकम समयमै तिर्न आग्रह समेत गरिएको शिक्षा शाखा प्रमुख बसेलको भनाई छ ।
कमेन्ट गर्नुहोस !