डिजिटल प्रवृधी बाट पाणिनी गाउँपालिकामा जग्गा धनि प्रमाण पत्र वितरण

सबैको सन्देश/ संवाददाता
अर्घाखाँचीको पाणिनि गाउँपालिका मा डिजिटल प्रवृधी बाट जग्गा धनि प्रमाण पत्र पुर्जा वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ र ३ पोखराथोकमा एक कार्यक्रमका बिचमा डिजिटल प्रवृधी बाट नाप नक्सा गरिएको जग्गा धनि प्रमाण वितरण गरिएको हो ।
विशेष नापि कार्यलय अर्घाखाँचीले तयार पारेको पुर्जा स्थानिय जग्गा धनिहरु लाई लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरे पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम लगायतले जग्गा धनि प्रमाण पत्र पुर्जा वितरण गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडे्ल ,गाउँपालिकाकी उपाध्पक्ष लक्ष्मी गौतम , विशेष नापि कार्यलय अर्घाखाचीका प्रमुख खिम बहादुर राना लगायतले मन्तब्य राख्नु भएको थियोे ।साथै गाउँमै जग्गा धनि प्रमाण पत्र पुर्जा प्राप्त गर्दा स्थानीय खुशी भएका थिए ।
यस्तै आज २९ जना लाई पुर्जा वितरण गरिएको बताईएको छ । खिदिममा १२सय ३२ जना र पोखराथोकमा १ हजार२८ लाई जग्गा धनी पुर्जा प्रमाणपत्र वितरण गरिने योजना रहेको समेत कार्यालयका प्रमुख खिमबहादुर रानाले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !