मालारानीमा कोरोनाबाट मृत्यु भई गाडिएको शव उत्खन्न गरी दाहसंस्कार

सागर महत/ अर्घाखाँची।
अर्घाखाँचीमा कोरोनाकाबाट मृत्यु भएका व्यक्तिको शवलाई साढे चार महिनापछि उत्खन्न गरी दाहसंस्कार गरिएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ का ५७ वर्षीय यमप्रसाद खनालको क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो र स्वाब पठाएको केहि दिनमा स्वास्थ्यमा समस्या आएपछि उहाँ उपचारको लागि बुटवल जानुभएको थियो । उपचारपछि घर फर्किने क्रममा जेठ २८ गते उहाँको बाटोमा मृत्यु भएको थियो ।
तर उहाँको मृत्यु भइसक्दा पनि पिसिआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको स्वाबको नतिजा आएको थिएन । स्वाब रिपोर्ट प्रयोगशालाकै लापरबाहीले प्रयोगशालाभित्रै हराएको थियो। प्रयोगशालामा पठाएको नमुना हराएपछि पुनः मृत शरीरबाट स्वाब निकालेर पिसिआर परिक्षणको लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको थियो। रिपोर्टमा कोरोना पोजेटिभ आएपछि गाउँपालिकाकै चौरमा शवलाई २ दिनसम्म खुल्ला आकाशमा राख्न परिवारका सदस्य बाध्य भएका थिए ।
त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन गर्न र परम्परा अनुसार काजकिरिया गर्न नपाएपछि चार महिनापछि शव उत्खनन गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले जानकारी दिनुभयो ।यता पालिका अध्यक्ष बालकृष्ण आचार्यका अनुसार सरकारको पछिल्लो निती नियम अनुसार शव उत्खनन गर्न गाउँपालिकाले अनुमति दिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close