जीप दुर्घटना परि स्याङ्जामा एकको मृत्यु

सबैको सन्देश।जीप दुर्घटना परि स्याङ्जामा एक जनाको मृत्यु भएको छ ।स्याङ्जाको वालिङ नगरपालिका१३ बाँयटारीबाट वडा नं. १२ को सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप बिहीबार बेलुका वालिङ१२ को लामपाते नजिकै जैरामे भन्ने ठाउँमा दुर्घटना भएको हो ।दुर्घटनामा जीपका सह चालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वालिङ १२ की ३० वर्षीया तिलकुमारी गुरुङ र ६५ वर्षीया तिलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ ।
जीप सडकबाट करिव एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।
कमेन्ट गर्नुहोस !