आगोलागी बाट घरगोठ जलेर नष्ट भएका परिवार लाई राहात प्रदान

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा आगोलागि पिडितलाई राहात प्रदान गरिएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ कुसुन्नेका आगोलागि पिडित लाई एक कार्यक्रमका जिल्ला बिपद ब्यबस्थापन समितिले एक कार्यक्रमका बिच घरमा पुगेर राहत प्रदान गरेको हो।
आगोलागीले स्थानीय ज्ञानबहादुर कुमाल र डम्मरबहादुर कुमालका २ घर परिवार घरबार बिहीन भएका छन् । आगोलागीमा घर गोठ पुर्ण रुपमा क्षति भएका छन र घर गोठमा भएका लत्ताकपडा , अन्नपात, तथा बस्तुभाउ गरी करिव १३ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।आगोलागीमा परेर २ भैसी, २ गोरु र १ वटा बाख्रो समेत मरेको छ ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल र जिल्ला बिपद ब्यबस्थापन समितिका संयोजक विष्णु पौडेल सहित सुरक्षा निकायका प्रमुखहरुको टोली आगोलागी भएको स्थान डिभर्नाको कुसुन्डेमा पुगेर २ घर परिवारलाई राहात प्रदान गरेको हो । २ घर परिवारलाई २० हजार नगद, खाद्यान्न, त्रिपाल र कम्बल लगायतका राहात सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक रामकृष्ण महर्जन, अनुसन्धान अधिकृत विनय चतुर्वेदी, सन्धिखर्क नगरपालिका वडा नम्वर १२ का अध्यक्ष नारायण खड्का, वडा सदस्य बाबुराम बस्याल, हिमकला टमाटा, पत्रकार महांघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close