कोरोना संक्रमित कर्मचारीले १४ दिन बिदा पाउने

कोरोना संक्रमित निजामती कर्मचारीलाई बिदा दिने निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ ।मन्त्रालयले सोमबार संघका सम्पूर्ण सरकारी निकाय, देशभरका स्थानीय तह र सातै प्रदेशमा पत्राचार गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पत्रलाई आधार मानेर मन्त्रालयले सो पत्राचार गरेको हो ।

कोरोना संक्रमित भएपछि सामान्यतया १४ दिन आइसोलेसन (एकान्तबास) बस्नुपर्ने स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार सरकारले गत मंसिर १० गतेको मन्त्रिपरिषद्को बैठकले १४ दिन नै बिदा दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्ले पारित गरेपछि कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने प्रस्ताव कार्यान्वयनमा आउने भएको छ।सोसम्बन्धी प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृतिका लागि हालै मन्त्रिपरिषद्मा पठाएको प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

कोरोना संक्रमित कर्मचारीहरुले कार्यालय प्रमुख वा सो सम्बन्धमा अख्तियार प्राप्त शाखा वा निकायबाट बिदा स्वीकृति गराउँदै आएका छन् ।निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने प्रावधान रहेको छ । कोरोना संक्रमण भएको अवस्थामा सो बिदा अपुग रहेकाले बिदा थप गर्नुपर्ने कर्मचारीको मागअनुसार सो निर्णय गरिएको हो ।मन्त्रालयले पठाएको पत्रमा कर्मचारीलाई बिदा दिने निर्णयसँगै सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थापन गर्न आग्रह गरिएको छ ।संघीय मामिला मन्त्रालयका एक कर्मचारीका अनुसार कोरोना परीक्षण रिपोर्ट नआएको भन्दै घर बिदामा बस्ने कारणले मन्त्रालयको काम प्रभावित भएको गुनासो आउने गरेको छ ।कोरोना महामारीले गर्दा अहिले बढी भीडभाड हुने मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, राजस्व कार्यालयलगायतले आंशिक वा कामको प्रकृति र क्षेत्रअनुसार दिन तोकेर सेवा प्रवाह गर्दै आएको छ ।

तर अधिकांश स्थानीय तह र सेवाको इकाइका रुपमा रहेका वडा कार्यालयहरु कतै आंशिकरुपमा खुल्ने त कतै स्वास्थ्य र विपद्को कामबाहेक अन्य सेवाहरुको प्रवाह बन्द गरिएको छ ।यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।नेपाल समाचारपत्र

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close