क्रियाशील सदस्यता बुझाउनेमा अर्घाखाँची कांग्रेस पहिलो

सबैको सन्देश /अर्घाखाँची ।
नेपाली कांग्रेस अर्घाखाँचीले क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालय काठमाण्डौमा बुझाएको छ ।कोरोनाभाइरस संक्रमणको जोखिममा पनि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएको हो। सोहि अनुसार जिल्ला पार्टी सचिव विष्णुप्रसाद भुसालले आज केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यको विवरण बुझाउनु भएको सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कार्यालयको निर्देशनअनुसार क्रियाशीलको विवरण बुझाउने अर्घाखाँची कांग्रेस पहिलो हो। अरू ७३ जिल्लामा क्रियाशीलको काम भइरहेको छ। अर्घाखाँचीबाट २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा जम्मा ६ हजार मात्रै क्रियाशीलको नाम केन्द्रीय कार्यालयमा बुझाएको थियो त्यो संख्या अहिले बढेर ११ हजार आठ सय ७० जना क्रियाशीलको नाम केन्द्रीय कार्यालयमा बुझाएको खनालले जानकारी दिनुभयो यस्तै अर्घाखाँची जिल्लामा रहेका ६१ वडा मा विवादविनै क्रियाशिल सदस्यता टुंग्याएको समेत उहाँले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !