क्षयरोगको मानवीय क्षय

-पुष्कर घिमिरे
क्षयरोग अर्थात टिबी रोग । धेरैलाई थाहा छ, यो विश्वभर फैलिएको संक्रामक एक सरुवा रोग हो । माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भएपनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ । सन् १८८२ मार्च २४ मा जर्मनका वैज्ञानिक रोवर्ट कोचले उक्त किटाणु पत्ता लगाएका थिए । एक व्यक्तिबाट अर्काे व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ । जुन हाँछ्यू गर्दा, खोक्दा पनि यसको हावामा मिसिएर एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्देछ ।
क्षयरोगको उपचार नगरेमा एक जना रोगीले एक वर्षभित्रमा अन्य १० जनालाई यसको संक्रमण गराउन सक्छ । तर, यो रोगको औषधी खान थालेको १ महिनापछि नै बिरामीबाट अन्य व्यक्तिहरुमा यसको किटाणु सर्दैन । यो रोगको किटाणु हाम्रो नाङ्गो आँखाले देख्न सकिँदैन । नेपालमा हाल यो रोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहेको छ ।
आ.व ०७४/०७५ मा नेपालको कूल जनसंख्याको ३२४७४ जना क्षयरोगका बिरामी दर्ता भएका थिए । अनुमानित प्रतिदिन १२३ जना नयाँ बिरामी पत्ता लाग्छन् भने १८ जना बिरामीको मृत्यु हुने गर्दछ । नेपालमा प्रत्येक वर्ष करिब ६/७ हजार मानिसको ज्यान जाने गरेको तंथ्याक रहेको छ । क्षयरोगको संक्रमण देखिएका बिरामी मध्ये करिब ९१ प्रतिशत बिरामीको उपचार सफल हुने गरेको छ ।

क्षयरोगका प्रकार
(१) फोक्सोको क्षयरोग
– खकारमा किटाणु देखिएको
– खकारमा किटाणु नदेखिएको
(२) फोक्सो बाहेक अन्य अंगको क्षयरोग
पेट, छाति, ग्रन्थी आदी

क्षयरोग कसरी सर्छ ?
क्षयरोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ । जुन हाँछ्यू गर्दा, खोक्दा पनि यसको हावामा मिसिएर एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्दछ ।
जुन रोगको उपचार नगरेमा एक जना रोगीले एक वर्ष्भित्रमा १० जनालाई यसको संक्रमण गराउन सक्छ । तर, यो रोगको औषधी खान थालेको १ महिनापछि नै बिरामीबाट अन्य व्यक्तिहरुमा यसको किटाणु सर्दैन ।
क्षयरोग को–कसलाई लाग्छ ?
विशेषगरी कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई सजिलै आक्रमण गर्न सक्ने यो क्षयरोगका किटाणु जो सुकैको शरीरमा रहेको हुन्छ । यद्यपी, कमजोर रोग प्रतिरोधात्मक क्षमता हुनासाथ त्यस्ता व्यक्तिलाई यो रोगले सजिलै आक्रमण गर्दछ ।

क्षयरोगको लक्षण
—क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन् जसका कारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ ।
—रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ ।
—क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।
—क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
—क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।

क्षयरोगबाट कसरि बच्ने ?
क्षयरोग अत्यन्त जटिल खालको सरुवा रोग हो । यसले बालबालिकादेखी सबै उमेर समुहका मानिसहरुलाई संक्रमण गर्न सक्दछ । तर निम्नलिखित उपाय अपनाएमा यसलाई सजिलै रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।
१.सूर्ति मिसाएर बनेका कुनैपनि पदार्थ सेवन नगर्ने । शुरु गरेको भए तुरुन्तै छोड्ने ।
२.अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन नगर्ने ।
३.शिशु जन्मनासाथ सकेसम्म चाँडै तर एकवर्षभित्र बि.सि.जी खोप दिने ।
४. दुई हप्ता भन्दा लामो समयसम्म खोकी र ज्वरो आउनासाथ नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्ने
५.स्वास्थ्यकर्मीको परामर्श लिई नियमितरुपमा पूरा समय (६ देखि ८ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने ।
६.औषधि सेवन गर्न शुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार समय–समयमा परीक्षण गर्ने ।
७.क्षयरोगको औषधिसंगै स्वास्थ्यकर्मीको सल्लाह अनुसार अन्य रोगका औषधि सेवन गर्ने ।
८.स्वस्थ जीवन विताउन क्षयरोगीले अनिवार्यरुपमा एच.आई.भी.परीक्षण गर्ने र एच.आई.भी संक्रमितले अनिवार्यरुपमा क्षयरोगको परीक्षण गर्ने ।
९.क्षयरोगका विरामीलाई घरपरिवार, आफन्त वा स्याहारकर्ताले राम्रोसंग स्याहार, माया–ममता र सरसफाईमा ध्यान दिने ।
१०.सधैं खाइरहने घरमै तयार गरेका खाद्यपदार्थ, हरिया तरकारी, दूध, फुल, गेडागुडीका रस खुवाउने ।
क्षयरोगबाट आफू पनि बचौँ र अरुलाइ पनि बचाउ । क्षयरोगका बिरामीलाइ माया, ममता र सहयोग गरौँ । निरन्तर औषधी सेवन गर्न प्रोत्साहन गरौँ ।

-लेखक हेल्थ असिस्टेण्ट हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close