दाहाल र नेपाल नेतृत्वको नेकपाले ओलीलाई पार्टी सदस्य समेत नरहने गरी हटायो

काठमाडौं । दाहाल र नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।स्थायी कमिटीको आज बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । यसैबिच ३ माघमा बसेको स्थायी कमिटीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो ।
नेताहरुले बालुवाटारमा पुगेर स्पष्टीकरण पत्र बुझाएका थिए । तर ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।त्यहिअनुसार पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उहाँको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको थियो ।
कमेन्ट गर्नुहोस !