एक सातामै दुई पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाण्डौ ।नेपाल आयल निगमलेराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।यो सँगै एक हप्ता मा पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय१४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !