बाँगीको कांग्रेस प्रवेस कार्यक्रममाः नेतृ भुसालले भन्नुभयो ओली सरकार भ्रष्टचारमा डुब्यो

सबैको सन्देश /संवाददाता अर्घाखाँची ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलकी सचेतक पुष्पा भुसालले वर्तमान केपी ओली सरकारले जनतालाई झुटा आश्वासन बाँडेर भ्रम छरेको बताइन । जनता कोरोनाको महामारीमा रहेको बेला सरकार सत्ताको जितहारको खेलमा रहेको बताइन ।
मालारानी गाउँपालिका– ५ बाँगी भडारमा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले केपी ओली नै भ्रष्टचारका काण्डैकाण्डमा चुर्लुम्म डुबेका पाटीका मन्त्री र नेतालाई संरक्षण गर्न लागेको आरोप लगाउदै ओलीले नै भ्रष्टचारको संरक्षकको रुपमा भूमिका खेलेको बताइन ।
दुई तिहाइको जनमतलाई कम्युनिष्टले कदर गर्दै देश र जनताको पक्षमा विकास गर्न छाडेर आफुभित्रैबाट कुर्ची तानतान गर्दै सत्ताको मोहमा डुबेको बताइन । भ्रष्टचारको आहलमा चुर्लुम्म डुबेको सरकारबाटै लोकतन्त्र मासिने खतरा भएको बताउँदै भुसालले लोकतन्त्र बचाउन सबै एकजुट भएर कांग्रेसको पक्षमा जनलहर ल्याउनुपर्ने बताइन । नेपाल कम्युनिष्ट पाटी नेकपा भित्रका शीर्ष नेता नै सत्ताको कुर्चीमा लिप्त भएर प्रधानमन्त्री केपी ओली कुर्ची जोगाउन र पुष्पकमल दाहाल र माधव नेपाल समुह ओलीलाई हटाउने खेलमा लागेकाले उनीहरुबाट देश विकासको आशा नरहेको बताइन । सरकारको गलत क्रियाकलापको विरुद्ध कांग्रेस सड्कमा आएर शसक्त आन्दोलन गर्ने बताइन ।
नेपाली कांग्रेस अर्घाखाँचीका पाटी सभापति विष्णुप्रसाद खनाल मुस्कान ले विभिन्न पाटी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई पाटीमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताए । दुई तिहाइको मतलाई अपमान गर्दै सरकारले भ्रष्टचार, अनियमितता र लोकतन्त्र नै मास्न लागि परेको आरोप लगाए । कार्यक्रममा कांग्रेस पूर्वसभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम, महाधिवेशन प्रतिनिधि केशव श्रेष्ठ, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, प्रदेश सांसद निर्मला क्षेत्री, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र विश्वकर्मा, जिल्ला सदस्य हेमन्त बेल्वासे, सिता भुसाल, विष्णु क्षेत्री, नेत्रप्रसाद भटराई, मालारानी गाउँपालिका सभापति शोभाखर खनाल, तरुण दलका अध्यक्ष नारायण खड्का, नेविसंघका अध्यक्ष भरतमणि भटराई लगायतका जिल्ला स्तरीय नेताले सम्बोधन गरेको थिए ।
बाँगी भडारमा भएको पाटी प्रवेश कार्यक्रममा नेकपा, राष्ट्रिय जनमोर्चाबाट १८ जना कांग्रेसमा प्रवेश गरेको प्रचार विभाग प्रमुख माधव पौडेलले बताए । कार्यक्रम बाँगीका सभापति मणिराम खनालको अध्यक्षयता, सचिव नारायणप्रसाद भुसालको सञ्चालन र विष्णु क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !