अपाङ्गता भएका व्यक्तीको अधिकारको लागि निरन्तर लागेका छौंः उपाध्यक्ष गौतम

सागर महत /अर्घाखाँची ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम पाणिनी गाउँपालिकाको वडा नम्बर ८ मा रहेको कमला माध्यमिक विद्यालय पालीमा सम्पन्न भएको छ।कार्यक्रममा बोल्ने बक्ताले अपाङ्गता भएका बालबालिकाको हक अधिकारको लाग्नु पर्ने मा जोड दिएका हुन।यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले पछिल्लो समय पालिकाले अपाङ्गता भएका बालबालिकाको अधिकारको लागि पटक पटक प्रदेशमा समावेशी अधिकारको लागि माग राख्दा पनि आफु हरुको माग सुनुहाई नभएको बताउनुभएको छ । अर्के तर्फ पालिकामा अपाङ्गता भएका बालबालिकाको लागि विभिन्न शिर्षकमा बजेट छुटाएपनि सोहि अनुसार काम गर्न नसकेको बताउनुभएको हो ।

No description available.यस्तै फरक प्रसंगमा बोल्दै गौतमले विद्यालय क्षेत्रमा अब अपाङ्गता भएका बालबालिकाको हक अधिकार र अन्य अपाङ्गता भएका ब्यक्ती लाई पनि समावेशी अधिकारको लागि निरन्तर लाग्ने बताउनुभएको हो भने छोटो समयमा सक्षम परियोजनाले शारिरिक अपाङ्गता भएका धेरै बालबालिका लाई नयाँ जिवन दिन सफल भएकोले सकारात्मक काममा पालिकाले सक्दो सहयोग गर्ने पनि बताउनुभएको हो।

No description available.No description available.

परियोजनाका अर्घाखाँचीका सुपरभाइजर लेखनाथ आचार्यले प्रशिक्षण दिनुभएको तालिममा आचार्यले अर्घाखाँचीका स्थानीयतहले अपाङ्गता भएका बालबालिका लाई आवश्यक पर्ने कुनै त्यस्तो कार्यक्रम नल्याएको बताउदै अपाङ्गता लाई हेर्ने दृष्टीकोणमा समुदाय स्तर बाट परिवर्तन हुनु पर्नेमा जोड दिनुभएको हो । परियोजनाले ४ वर्षको अवधिममा ३ सय ६५ जनाको नयाँ जिवन दिन सफल रहेको बताउदै परियोजनाले टोल स्तरमा पनि सचेतना कार्यक्रम संचालन गर्ने बताउनुभएको हो ।

 

No description available.

 

No description available.

यस्तै कार्यक्रममा विशेष गरि अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासंधिमा उल्लेखित शिक्षा सम्बन्धि हकको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको कार्यक्रममा पाणिनी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मिनराज आत्रेयको अध्यक्षता नारायण खनालको स्वागत मन्तव्य कर्मचारी रक्षा पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा कमला माध्यमिक विद्यालयका अध्यक्ष जागीर हुसेन ,विधालयका प्रअ गोबिन्दराज पन्थी ,बाबुराम  आधारभुत विद्यालयका प्रअ खबर महमत अनसारी लगायतको सहभागीता रहेको थियो ।कार्यक्रम सिबिएमको सहयोग र कमला माध्यमिक विद्यालयको समन्वय गरिएको हो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close