अर्घाखाँचीमा गोरु काट्ने व्यक्ती प्रहरीको नियन्त्रणमा

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा गोरू काटेको आरोपमा एक जना लाई प्रहरी नियन्त्रण मा लिएको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदान नयाँगाउँमा आफुले पालेको गोरु गोठमा बाधेर गोरु काटी आधा भाग घर भित्र सुकाएको र आधा भाग घर नजिकैको खाडलमा पुरेर राखेको अवस्थामा विशेष सुराकीको आधारमा ति व्यक्ती लाई प्रहरीले नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी सुजन शाहले जानकारी दिनुभयो ।यस बारे थप अनुसन्धान पनि भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !