आगलागि पिडित मुखिया परिवारलाई काङ्ग्रेस सनपा१२ द्वारा खाद्यान्न एवं कपडा सहयोग

समान्ता पाण्डे /सन्धिखर्क ।
सन्धिखर्कमा रहेर लामो समय ब्यबसायमा सकृय सामाजसेवी सन्धिखर्क वाङ्ला निवासी रामु पाण्डे र सनपा १२ निवासी हाल काठमाडौ बसोबास गर्ने हुम बहादुर बिसी र उहाँ जीवन सङ्गेनी शुसीला बस्यालको आर्थिक सहयोग तथा सनपा १२ नेपाली काङ्ग्रेसको समन्वयमा आगलागी पिडितद्वय डम्बर बहादुर मुखिया र ज्ञान बहादुर मुखियालाई खाद्यान्न , बल्यान्केटट तथा बिस्तारा सेट हस्तान्तरण गरिएको हो ।
सन्धिखर्क नगरपालिका वडा न १२ का वडा अध्यक्ष नारायण खड्का , नेपाली काङ्ग्रेस सनपा १२ वडा सभापति लिलाधर बस्याल वार्ड सदस्य बाबुराम बस्याल , मिलमिले सल्लिकोट लिफ्टिङ्ग खानेपानीका सचिव पशुपती पौडेल ९ मुन्ना० , ट्रेड युनियन सन्धिखर्क नगर उपाध्यक्ष नामदेब खनाल लगायतको रोहवरमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
आगलागी पीडितहरुलाई राहत स्वरुप दुई सेटका दरले बल्यान्केट , डोसेना , सिरक , तन्ना त्यस्तै चामल , नुन , तेल लगायतका सामाग्री बितरण गरिएको वार्ड सभापती लिलाधर बस्यालले जानकारी दिनु भयो ।आगलागीबाट भएको क्षतिप्रति सभापती बस्याल दुख ब्यक्त गर्नु भयो ।

No description available.
त्यस्तै वार्ड अध्यक्ष नारायण खड्काले आफ्नो तर्फबाट पिडित पक्षको सहयोगको लागि कटिबद्ध भएर लाग्ने बताउनु भयो । खड्काले आफ्नो बिबेक र बुद्धिले वडा , नगर तथा जिल्लामा कहाँ समन्वय गरेर सहयोग गर्न सकिन्छ त्यस तर्फ ध्यानाकर्षण गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
आगलागीबाट मुखिया परिवार घरबार बिहिन भएका छ ।
आगलागिबाट घर जलेर नस्ट भएको छ साथै पशु चौपाया समेत जलेर नस्ट हुनुको साथै सुन चादी , खाद्यान्न , लत्ताकपडा एवं नगद जलेर नस्ट भएको थियो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close