कोदालोले हानेर किशोरको हत्या

स्याङजा – कोदालोले हिर्काएर शनिबार स्याङजामा एक किशोरको हत्या भएको छ ।हरिनास गाउँपालिका वडा नं ५ आग्रीडाँडाका १४ वर्षीय बालक शेरबहादुर थापाको हत्या भएको हो । थापाका छिमेकी ३६ वर्षीय रेशम रानाले कोदालोले हानेर किशाेरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

किसोरको घटनास्थलमा नै ज्यान गएको र हत्या गर्नुको कारण बारे अनुसन्धान भइरहेकाे प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।  किशाेरकाे हत्या गर्ने रेशम रानालाई प्रहरी पक्राउ गरिसकेको छ ।उज्योलो

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close