वडा अध्यक्ष खनालद्वारा जन्म दिनको अवसरमा विद्यार्थी लाई स्टेशनरी सामग्री प्रदान

सागर खनाल/मालारानी ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस मालारानी गाउँपालिका का सभापती शोभाखर खनालले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गर्नु भएको छ।
मालारानी गाउँपालिका वडा नम्बर ३ खनार मा रहेको नर्सरी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गर्नु भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषनारायण खनालको अध्यक्षता, प्रध्नाध्यापक तुल्सीराम खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि शोभाखर खनाल, विद्यालय व्यावस्थापन समिति सदस्य सान्ता खनाल, विद्यार्थी अभिभावक कमला खनालले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा बाबुराम अर्याल, डि वि खनाल , चमेला खनाल, चेतनारायण खनाल लगायतको उपस्थिति रहेको थियो।यसअघि पनि उहाँले खनदहको कुनाखर्कमा रहेको नवज्योती आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ स्टेशनरी सामाग्री प्रदान गर्नु भएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close