नेपाली राष्ट्रिय फुटबल का उत्कृष्ट खेलाडी बिमल घर्तिमगर घाइते

काठमाण्डौ ।नेपाली राष्ट्रिय फुटबल टोलीका उत्कृष्ट खेलाडी बिमल घर्तिमगर घाइते हुनुभएको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा उहाँ गम्भिर घाइते हुनुभएको बताईएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको बन्द प्रशिक्षणमा उहाँको घुँडामा चोट लागेको हो । यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा पर्नुभएको थियो ।लामो समयको पर्खाइपछि बन्द प्रशिक्षणमा फर्किनुभएकाबिमल पछिल्लो मछिन्द्र क्लबमा आबद्ध हुनुहुन्छ।अखिल नेपाल फुटबल सङ्घ एन्फा का प्रवक्ता किरण राईका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उहाँको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताउनुभएको छ ।
कमेन्ट गर्नुहोस !