छत्रदेव गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास,हिउदे अबिधेशन पनि सम्पन्न

प्रेमनाराण आचार्य /अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवनको आज शिलान्यास गरिएको छ । न्यायीक ईजलास सहित निर्माण हुन लागेको सुविधा सम्पन्न भवनको आज बैदिक बिधि पुर्बक पुजाआजा गरी छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले शिलान्यास गर्नु भएको हो ।
छत्रदेव गाउँपालिका वडा नम्वर ५ छत्रगञ्जको खैरेनीमा निर्माण हुन थालेको प्रशासकीय भवनको शिलान्यस गर्दै अध्यक्ष लेखनाथ पोख्रेलले गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका बनाउने गरी काम भैरहेको बताउनु भयो ।
५ करोड ३० लाख ४७ हजार ४ सय ९४ रुपैया ५६ पैसामा भवन निर्माण हुन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले जानकारी दिनुभयो । उक्त भवन निर्माण गर्ने ठेक्का शिवाको भुसाल बस्नेत जेभि काठमाण्डौले पाएको छ ।
उक्त भवन २०७९ साल जेठ २५ गते सम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ । तोकिएकै मितिमा गुणस्तरीय भवन निर्माण गर्ने निर्माण ब्यवसायी पदम भुसालले बताउनु भयो ।भवन निर्माण गर्न जग्गा दान गर्ने जग्गादाताहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । निशुल्क जग्गादान गर्ने नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य लुम्विनी प्रदेश संयोजक शम्भुप्रसाद पोख्रेलकी श्रीमती प्रभा पोख्रेल, स्थानीय विनीराम पोख्रेल र गोविन्द पोख्रेललाई दोसल्ला, सम्मानपत्र सहित फुलमालाले सम्मान गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्षहरु प्रकाशराज पन्थी, राजेस पन्थी, तेज प्रसाद खनाल, अशोक श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कमल पौडेल, राजकुमार श्रेष्ठ, पालिकाका कार्यपालिका सदस्य, गाउँ सभा सदस्य , पत्रकार प्रेमनारायण आचार्य, सुरज रायमाझि लगायतको उपस्थिति रहेको थियो ।उहाँहरुलाई गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले सम्मान गर्नु भएको हो ।
यस्तै
छत्रदेव गाउँपालिकाको हिउदे अबिधेशन तथा दशौ गाउँ सभा अबिधेशन हिजो सम्पन्न भएको छ ।
संघिय संसदमा हिउदे अधिबेशन गर्ने समयमा सम्सद विघटन भएपनि संघिय संसदकै झल्को दिने गरी हिउदे अधिबेशन सम्पन्न भएको हो ।
गाउँ सभाका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको छत्रदेव गाउँपालिकाको हिउदे अधिबेशनले विधेयक समितिका संयोजक तज प्रसाद खनालले प्रस्तुत गरेको आर्थिक ऐन संसोधन विधेयक, आर्थिक विकास समितिका संयोजक राजकुमार श्रेष्ठले प्रस्तुत गरेको योजनान्तर तथा रकमान्तर प्रतिवेदन, प्रबक्ता बालकृष्ण श्रेष्ठले प्रस्तुत गरेको योजना अनुमोदनका लागि प्रतिवेदन , सामाजिक विकास समितिका संयोजक कमल पौडेलले प्रस्तुत गरेको विभिन्न समिति गठन सम्बन्धि गरेको प्रस्तावहरु सर्ब सहमतिले पारित गरेको छ ।
कमेन्ट गर्नुहोस !