तत्काल प्रदेशसभा बैठक बोलाऔंः सचेतक निर्मला क्षेत्री

बुटवल /पुस २० ।
लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सरकारले नेपाली जनतालाइ समृद्धिको झुटो नारा देखाएर बेवकुफ बनाइरहेको आरोप लगाउनुभयो । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलको आज भएको साक्षात्कार कार्यक्रममा
उहाँले नेकपाको लडाइले जनतामाथि धोका भएको भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस निर्णयक कदम चाल्न तयार रहेको बताउनुभयो । उहाँले आवश्यक परे प्रदेशको नेतृत्व लिन आफ्नो पार्टी सक्षम रहेको समेत धारणा राख्दै प्रदेशसभा बैठक तत्काल बोलाउन आग्रह गर्नुभयो ।
कमेन्ट गर्नुहोस !