सन्धिखर्कको झेडी र वाङ्लामा होमियोप्याथिक औषधी बितरण

सबैको सन्देश /बिक्रम पाण्डे ।

खुशी जीवन नेपाल नामक एक समाजिक संस्थाले सन्धिखर्क —१२ मा रोग प्रतिरोधक क्षमता बृद्धि गर्ने औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ । खुशी जीवन नेपाल र जब लिंक रुपन्देशीको संयुक्त अयोजनामा वडा भरका करीव ७ सय ६७ घर धुरीलाई पुग्ने गरी औषधी वितरण गरीएको हो ।अनौपचारिक रुपमा गरिएको निशुल्क औसधि बितरण कार्यक्रममा करिव १०० जनाले आज पहिलो दिन औसधि लिएका छन् ।
औषधी बितरण मारवाडी सेवा समाज भैरहवाले गरेको हो । कार्यक्रम खुशी जीवन नेपालका केन्द्रिय अध्यक्ष महेन्द्र बिकको अध्यक्षता , सन्धिखर्क नगरपालिका वडा न १२ का वडा अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा खुसी जीवन नेपालका सागर पाण्डे , अर्घाखाँची शाखाकी रुपा पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कोभिड १९ लाई मध्य नजर गर्दै होमियोप्याथिक औषधी बितरण गरिएको हो । सस्थाले विभिन्न जिल्लामा औषधी बितरण गर्दै आएको छ । त्यस्तै आजनै सस्थाले सन्धिखर्क ५ को वाङ्लामा पनि बितरण गरिएको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close