आर्थिक अबस्था कमजोर भई उपचार गर्न समस्या भइएकी विकलाई घरेलु कार्यालय प्रमुखको आर्थिक सहयोग

अनिल नेपाली/ अर्घाखाँची ।
लामो समयदेखि बिरामी परी आर्थिक अवस्था कमजोर भई विस्तारमा छट्पटाई रहेकी छिन, सुनिता विक । पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं. १० चम्पेडाँडा बस्ने मोब बहादुर विक र सुमित्रा विक कामिको माइली छोरी ३० वर्षिय सुनिता विक विगत २० वर्षदेखि मुटुको रोगी भई बिरामी छिन ।

अहिले उनलाई गगालाल हृदयकन्द काठमाण्डौ बेड नं. ३४० मा उपचारार्थ छिन । उनको मुटुको भल्भभको अप्रसेसन गनुेपर्ने भएको छ । तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोेर भएको हुनाले नेपाल सरकारले उहाँको मुटुको भल्भको अफ्रसेशन निशुल्क गर्ने भएपनि लामो समयसम्म हस्पिटलमा बस्न खान र औषधी उपकरण किन्न पैसा छैन । उपचारमा असहज पैदा हुदै आएको छ ।

सोेही अवस्थाका बिरामीलाई देखेर सोही नगरपपालिकामा बस्ने हाल अर्घाखाँची जिल्लाको घरेलु तथा साना उद्योगमा कार्यरत कार्यालय प्रमुख केशब सुनारले विरामीको खानपान औषधी उपचारको लागि सहयोग पुगोस् भनी सेवा नै धर्म हो भन्दै नगद रु. १० हजार सहयोग गरेका छन ।

यदि कसैले यो विपन्न परिवारलाई आर्थिक सहयोग गरी उहाँको उपचारमा सहयोग गर्न चाहने मनकारी महानुभावहरुले निजको आमा सुमित्रा विकको मोबाईल नं. ९८०६६९६४५७ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close