सन्धिखर्क ४ मा ज्येष्ठ नागरिक तथा अपांग सम्मान कार्यक्रम सम्पन्न

कमला पोख्रेल सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ४ मा ज्येष्ठ नागरिक सम्मान तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
वडा भित्र रहेका ८० बर्ष माथीका ज्येष्ठ नागरिक तथा अपांगता भएका क,ख,ग र घ बर्गका सबै ब्यक्तिहरु गरी १ सय ५ जना लाइ फुलमाला अबिर, करुवा र आतेजाते भाडा सहित सम्मान गरिएको वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिक तथा अपांगता भएका ब्यक्तिलाई सम्मान गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मान गर्नु सबैको प्रमुख दायित्व रहेको बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
सन्धिखर्क नगरपालिका वडा नम्वर ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, वडा सदस्य चोपनारायण श्रेष्ठको स्वागत मन्तब्य र वडा सचिव लक्ष्मण आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य मानवहादुर सुनार, सिता बस्नेत, वडा सदस्य शेरबहादुर खत्री, कमला दर्जी, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, समाजसेवी ब्यक्तित्व, मुक्तिराम भण्डारी, शिक्षक नेत्रप्रसाद खनाल लगायतले मन्तब्य राख्नु भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close