सन्धिखर्क नगरपालिकाको आठौ नगर सभा अबिधेशन सम्पन्न ,गुनासा राख्न पाउँदा नगरसभा सदस्यमा खुशी

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हिउदे अधिबेशन तथा आठौ नगर सभा अबिधेशन सम्पन्न गरेको छ । नगर सभामा आर्थिक ऐन २०७७ का अनुसचीका दररेट संशोधन माथी छलफल , आर्थिक बर्ष २०७७/७८ को योजना तथा बजेट रकमान्तर , संशोधन तथा कर्मचारी सेवा सुविधा सम्बन्धि प्रतिवेदन, बेरुजु राजस्व क्षमता, आकार र योजनालाई उपभोक्ता समिति मार्फत कार्यन्वयन गर्ने, नगरपालिका भित्र रहेको सम्पतीको सही सदुपयोग, योजना अनुगमन सम्बन्धि विवरण लगायतका विवरण नगर उपप्रमुख ठाकुर कुमार बिकले प्रस्तुती गर्नुभएको थियो ।
प्रतिबेदन तथा बिधेयकमा सुझाब राख्न नगरसभाका सदस्यहरुलाई पहिलो चरणमा समय नतोकिएको भएपनि द्रोस्रो चरणमा समय तोकिएको थियो । नगर सभाका अध्यक्ष कमल प्रसाद भुसालले जनचाहाना अनुसार काम गर्ने योजना अनुसार प्राप्त समय अपलब्ध गराएर नगरसभाका गुनासा सुनेर सबैको सर्ब सहमतिमा बिधेयक तथा संसोधनहरु पारित गर्दै अधिबेशन सम्पन्न भएको नगर सभाका अध्यक्ष कमल प्रसाद भुसालले बताउनु भयो ।
यता कार्यक्रममा छोटो समयमा पत्रकार संग कुराकानी गदै प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले आफु नगरपालिकामा आईसकेपछि नगरपालिकाका सम्पुर्ण काम समयमै सम्पन्न गरेर नगरपालिका लाई शुन्य बेरोजीमा पुराउने लक्ष्य अनुसार काम गरेको बताउदै सबैको साथ सहयोगको अपेक्षा समेत रहेको बताउनुभएको छ ।
हिउदे अधिबेशनको शुन्य समयमा यसरी पहिलो पटक नगर सभामा बोल्न पाउँदा नगर सभाका सदस्य खुशी भएका थिए । विशेष गरी स्थानीय स्तरमा भएका गतिविधी बारे प्रत्यक्ष गुनासा राख्न पाउनु नै आगामी दिनमा थप विकास निर्माणको काम लाई प्रत्यक्ष सहयोग पुराउनु उनीहरुको भनाइ छ ।
विशेष गरी योजना सम्पन्न नहुन जेल अनुगमन गर्नु पर्ने भौतिक बिकास लाई थेरै गर्ने राम्रो गर्ने , कृषि र पशुपालन तर्फ अनुदान तथा प्रोत्साहनस्वरुप गाई–भैँसी सुत्केरी भत्ता कार्यान्वयन तर्फ जानु पर्ने ,सामाजिक विकास, राजस्व, बजार अनुगमनको प्रतिफल,जस्ता पाता वितरण काम लाई समयमा कार्यान्वयन गर्नु पर्ने ,विपन्न परिवार मुखी कार्यक्रम , विद्यालयको गुणस्तर बृद्धि गर्न नँया कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने जस्ता गुनासा शुन्य समयमा नगर सभाका सदस्यहरु लक्ष्मण पराजुली, शुस्मा श्रेष्ठ, विष्णु प्रसाद आचार्य, दधिराम सोमै, देवी थापा, नरेन्द्र आचार्य, विष्णु प्रसाद भुसाल, सुमित्रा बिक, सुमित्रा मुखीया, मिना सावत, उमेश अधिकारी, नारायण अर्याल लगायत बोल्नु भएको थियो ।
कमेन्ट गर्नुहोस !