ॐ बुद्ध डेण्टल र ‘सडकमा स्वास्थ्य’ टीमको संयुक्त सामाजिक अभियान हुदैं

ॐ बुद्ध डेण्टल काठमाण्डौले यसअघि धनुषाको मुसहर लगायत महोत्तरी र काठमाण्डौंका विभिन्न ठाउँमा दाँत तथा मुखको स्वास्थ्य शिविर संचालन गर्दे आइरहेको छ ।

अनिता कुँवर/सबैको सन्देश
ॐ बुद्ध डेण्टल क्लिनिक र ‘सडकमा स्वास्थ्य’ टीमको संयुक्त आयोजनामा न्यानो कपडा वितरणसँगै दाँत मुख सम्बन्धी स्वास्थ्य शिविर महोत्तरी र धनुषाका अति विपन्न समुदायमा हुदैं छ । तराइमा शितलहर र चिसो बढेसँगै यसबाट बालबालिका तथा वृद्धबृद्धा बढी प्रभावित हुने कुरालाई मध्यनजर गर्दे यहि माघ ५ र ६ गते न्यानो कपडा वितरण तथा स्वास्थ्यसम्बन्धी सामाग्री वितरण गर्न लागिएको ॐ बुद्ध डेण्टल क्लिनिकका संचालक तथा डेण्टल सर्जन डा. पुष्कर काफ्लेले जानकारी दिनुभयो ।
ॐ बुद्ध डेण्टल काठमाण्डौले यसअघि धनुषाको मुसहर लगायत महोत्तरी र काठमाण्डौंका विभिन्न ठाउँमा दाँत तथा मुखको स्वास्थ्य शिविर संचालन गर्दे आइरहेको छ ।

No description available.

‘सडकमा स्वास्थ्य’ टीमले यसअघि पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्य विभिन्न स्वास्थ्यकर्मीको सहयोगमा देशका धेरै ठाउँमा गर्दे आइरहेको छ । शिविरबाट लक्षित वर्ग लाभान्वित हुने आयोजकले विश्वास लिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close