ओलीको केन्द्रीय कमिटी १५ सय १ सदस्यीय

काठमाडौँ — प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधन गरेर केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाएका छन् । यसअघि गत पुस ७ गते बालुवाटारमा बसेको ओलीपक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।

फाइल तस्बिर

त्यतिखेरै ओलीले ५ सय ९६ जनालाई मनोनयन गरेर १ सय ९६ सिट रिक्त राखेका थिए । तर यही पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ ।

‘केन्द्रीय कमिटीको तेस्रो बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ मा दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १५०१ सदस्यीय भएको छ,’ ओलीले अन्तरपार्टी निर्देशनमा लेखेका छन्, ‘रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष कमरेडलाई दिँदै उक्त मनोनयन केन्द्रीय कमिटीले अनुमोदन गरेपश्चात् कार्यान्वयनमा जाने प्रबन्ध गरिएको छ ।’

अन्तरपार्टी निर्देशनमा अर्का अध्यक्ष दाहालले एकीकरणको बाँकी काम पूरा गर्न नसकेकाले दिइएको कार्यकारी अधिकार फिर्ता लिइएको उल्लेख छ । अन्तरपार्टी निर्देशनमा लेखिएअनुसार ओलीपक्षीय नेकपाले पार्टी कमिटीमा ५० प्रतिशतसम्म थप्न मिल्ने गरी विधान संशोधन गरेको छ ।

‘कमिटीका अध्यक्ष यस अभियानको पक्षधर नभएको ठाउँमा सचिव भए उहाँको अगुवाइमा, अन्यथा पार्टीका ज्येष्ठ या वरिष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी पार्टी कामलाई गतिशील बनाउने । एक तहमाथिको कमिटी वा संयोजक कमरेडको निर्देशनमा भावी नेतृत्वका बारेमा आवश्यक निर्णय लिने,’ ओलीले भनेका छन् ।कान्तीपुर बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close