मास्क लगाउन अपिल गर्दै ट्रम्पले भने- महामारी ‘सुधारोन्मुख हुनुअघि खराब हुनसक्छ’

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकलाई मास्क लगाउन अपिल गर्दै कोरोना भाइरस महामारी ‘सुधारोन्मुख हुनुअघि खराब हुनसक्ने’ बताएका छन् ।

उनले यसअघि व्यक्तिको स्वतन्त्रता कुण्ठित हुनेभन्दै मास्क लगाउन अपिल नगर्ने बताएका थिए । यसअघि मास्क लगाउन अस्वीकार गरेका ट्रम्पले मास्क लगाएका थिए ।

ad
ad
मंगलबारको पत्रकार सम्मेलनमा भने उनले मास्क लगाएका थिएनन् । उनले सबै अमेरिकीहरूलाई मुख ढाकेर हिँड्न पनि आग्रह गरेका छन् । त्यसको असर हुने भन्दै उनले ‘देशप्रेम’ देखाउन पनि आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारीको कारण देखापरेको अवस्था ‘सुधारोन्मुख हुनुअघि खराब हुने’ अनुमान गरिएका छन् । अमेरिकाभर भाइरसबाट संक्रमित हुनेको संख्या उल्लेख्य रुपमा बढिरहँदा राष्ट्रपतिका सहयोगीहरूले उनलाई भाइरसबारे अपुष्ट कुरा नबोल्न सुझाएको बताइन्छ ।

अप्रिलमा दैनिक हुने ब्रिफिङकै क्रममा ह्‍वाइट हाउसमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको उपचार निसंक्रमित बनाउने खोप लगाएर गर्न सकिने बताएपछि उनको चर्को आलोचना भएको थियो । त्यसपछि दैनिक मिडिया ब्रिफिङ पनि रोकिएको थियो ।

महिनौंपछि मंगलबार ह्‍वाइट हाउसमा भएको ब्रिफिङमा उनले धेरैजसो लेखिएकै कुरा भनेका थिए । उनले त्यहाँ खासगरी जनस्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसको महामारीबारे भन्दै आएको कुरा नै भनेका थिए ।

ट्रम्पले ‘दुर्भाग्यवश कोरोना भाइरस सुधारको दिशातर्फ जानुअघि खराब हुने’ भन्दै चेतावनी दिएका हुन् । उनले भने, “हामी सबैलाई यही भनिरहेका छौं कि जब तपाईं सामाजिक दूरी राख्‍न सक्नुहुन्‍न त्यतिबेला मास्क लगाउनूस् । तपाईंलाई मास्क मन परे पनि मन नपरे पनि त्यसको असर हुन्छ र हामीले पाउन सक्ने प्रत्येक कुरा हामीलाई चाहिन्छ ।”

उनले थपे, “हामी युवाहरूलाई भीडभाडयुक्त बारहरू र घरभित्र हुने भेलाहरूमा नजान अनुरोध गरिरहेका छौं । सुरक्षित र चलाख हुनुहोस् ।” अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ३८ लाख नाघिसकेको छ भने एक लाख ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । -बीबीसी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close