तालिवान सरकारले महिला कर्मचारीका लागि छुट्टै कानून बनाउने

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले महिला कर्मचारीका लागि छुट्टै कानून बनाउने भएको छ ।

तालिवान सरकारले घर बाहिर काम गर्ने महिलाहरुका लागि छुट्टै कानून बनाएर काम गर्न दिने आश्वासन राष्ट्रसंघीय अधिकारीहरुलाई दिएको छ ।

काबुलमा तालिवान अधिकारीहरुसँग वार्ता गरेपछि मानवताका लागि राष्ट्रसंघीय उपमहासचिव मार्टिन ग्रिफिथ्सले आफू उत्साहित भएको भन्दै छिट्टै अफगान महिलाहरु काममा निस्कन पाउने विश्वास ब्यक्त गरेका छन् ।

महिलाहरुलाई उच्च शिक्षामा समेत प्रतिबन्ध लगाएको तालिवानले विदेशी गैरसरकारी क्षेत्रमा कार्यरत महिलाहरुलाई पनि काममा जान प्रतिबन्ध लगाएको छ ।

जसका कारण स्वास्थ्यसँग सम्बन्धि राष्ट्रसंघीय कार्यक्रमहरु पनि प्रभावित भएका छन् ।

पछिल्ला दुई सातामा चिसोले १ सय २५ बढी अफगानीहरुको ज्यान गईसक्दा पनि कुनै पनि गैरसरकारी संस्थालाई सहयोग बाँड्नबाट रोकिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close