आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेट हरायो

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ। १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष््य भेट्टायो।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले तिलक वर्माको अर्धशतसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। २० रन जोड्दा ३ महत्वपूर्ण विकेट गुमाएको मुम्बईका लागि मध्यक्रमले सम्हालेको थियो ।

८ खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अंक छ। समान १० अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो र सनराइजर्स हैदरावाद तेस्रो स्थानमा छ। सातौं स्थानको मुम्बईको ६ अंक छ।आइपीएलमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close