अर्घाखाँचीका पुष्करनाथ बन्जाडेको व्यावसायिक कृषिबाट वार्षिक १४ लाख कमाइ

सबैको सन्देश /सागर महत ।
पुष्करनाथ बन्जाडे व्यावसायिक कृषिबाट मनग्य आयआर्जन गरिरहेका छन् । सिँचाइको असुविधा भएको क्षेत्रमा वर्षाको पानी पोखरीमा संकलन गरी सिँचाइ गदै आएका बन्जाडे सफल कृषकको रुपमा पनि चिनिन्छन । पाखो जमिन त्यसमाथि सिँचाइको असुविधासँग सामना गरी कृषिलाई पेशा बनाएका उन्ले यहि पेशाबाट आयआर्जन गरी रहेकाछन् । कृषि जोन अर्घाखाँचीबाट ८५ प्रतिशत अनुदानमा हाईटेकको प्रयोगमार्फत् लटरम्म टमाटर फलाएका छन् भने पाखो बारीमा बोडी, सेमी काक्रो,बन्दा लौका, मिरच, खुर्सानी मुला करेला फर्सीलगायतका तरकारी मनै लोभ्याउने गरी फलाएकाछन् । यसबाट उनले खर्च कटाएर वार्षिक १४ लाख रुपैयाँसम्म कमाइ गरिरहेकाछन् ।
यस वर्ष लकडाउनको कारणले तरकारीले बजार नपाएपछि उन्ले तरकारी नष्ट गर्नु परेको थियो । तर, अहिले केही सहज बातावरण भैसकेकोले घरमै आएर ब्यापारीले तरकारी खरिद गरेको उनको भनाइ छ । सिँचाइको असुविधा भएको क्षेत्रमा २५ रोपनी र सिँचाइ सुविधा सम्पन्न ठाउँमा ५ रोपनी गरी ३० रोपनी क्षेत्रफलमा लगाएको तरकारी सदरमुकाम सन्धिखर्क र बुटवल लगायतका बजारमा बिक्री हुने गरेको छ । अहिले किमडाँडालाई तरकारी कृषकको डाँडाको रुपमा पनि चिनिन्छ ।
पानीको असुविधा भएकाले बर्षात्को पानी पोखरीमा संकलन गरी सिँचाइको बन्दोबस्त मिलाएका उनले कृषि मन पराउने युवाहरुलाईसमेत रोजगारी दिएकाछन् । कृषि कर्ममा लागे बापत उन्ले राष्ट्रिय कृषि उत्कृष्ट पुरस्कारलगायतका धेरै पुरस्कार थापि सकेकाछन् । मेहनत गर्दा आफ्नै देशमा आत्मर्निभर बन्न सकीन्छ भन्ने उदाहरण बनेका उन्ले युवा पिढीलाई कृषि कर्ममा लाग्न पनि सन्देश दिएकाछन् ।

भिडियो पनि हेर्नुृहोस

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close