सुनको मुल्य एकै दिन ७ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको मुल्य घटेको छ । आज एकै दिन सुन तोलामा ७ सय रुपैयाँले घटेको छ । सुनको मुल्य आज तोलामा ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा नै सुनको मुल्य घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !