विद्यार्थीलाई चिसोका कारण चौरमा पढाइ

सागर महत/ अर्घाखाँची ।
लामो लकडाउन पछि खुलेका अर्घाखाँचीका सम्पुर्ण विद्यालयहरू मध्ये केही सामुदायिक विद्यालयहरूले चौरमा पढाउन थालेका छन् । कक्षाकोठामा बस्दा चिसोले विद्यार्थीका हातखुट्टा कठ्याङ्ग्रिन भएकाले विधार्थीहरु घाममा चौरमा पठन पाठन गर्न थालेका हुन ।
ति मध्ये जिल्लाको पाणिनी गाउँपालिकाको कमला माध्यमिक विद्यालयले सोहि अनुसार पठन पाठन संचालन गरेको विद्यालयका प्रधानाध्यापक गोबिन्दराज पन्थीले जानकारी दिनुभयो । विद्यार्थीले पनि रमणीय वातावरण सँगै चौरमा पठन पाठन गर्दा निकै खुशी भएको सोही विद्यालयको कक्षा १० मा अध्यान रहत विद्यार्थी बिन्दु पौडे्लको बताउनु हुन्छ ।
कमेन्ट गर्नुहोस !