सन्धिखर्क नगरपालिकाको सेवा एक हप्ताको लागि बन्द

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल र केही कर्मचारीमा कोरोना पुष्टि भएको छ ।नगरप्रमुख भुसाल र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा एक हप्ताको लागि बन्द गरिएको छ।
संक्रमण फैलिन नदिन मंगलबारदेखि माघ १२ गते सम्म कार्यालयको सम्पुर्ण काम बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत युगलनारायण बसेलले विज्ञप्ति मार्फत जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !