नेपाली कांग्रेसले आज ६हजार ७सय ४३ वडा कार्यालयमा विरोध प्रदर्शन गदै

सबैको सन्देश /अर्घाखाँची ।
नेपाली कांग्रेसले वडास्तरीय प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।प्रतिनिधि सभा विघटनको घटनाविरुद्ध कांग्रेसले आज हुने विरोध प्रदर्शनमा सहभागी हुन अपील गरिएको छ ।यस्तौ अर्घाखाँचीका ६१ वटा वडा कार्यालयमा विरोध प्रदर्शन हुने कार्यक्रम अन्तिम तयारी भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिती अर्घाखाँचीले जनाएको छ ।

यता केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले आज ६,७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेको हो ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close