नेपाली कांग्रेस अर्घाखाँचीद्वारा ६१ वटै वडामा सरकारको असंबैधानिक कदम बिरुद्ध प्रर्दशन

प्रेमनाराण आचार्य /सन्धिखर्क ।
सरकारको प्रतिगामी कदम बिरुद्ध नेपाली कांग्रेसले देशका प्रत्येक वडामा बिरोध प्रदर्शन र बिरोध सभा सम्पन्न गरेको छ । अर्घाखाँचीका ६१ वटै वडामा नेपाली कांग्रेसले सरकारको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गरेको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले बताउनु भयो । नेपाली कांग्रेस सन्धिखर्क १२ को आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।
बिरोध सभामा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले बर्तमान केपी ओली सरकार तानासाह बन्न खोजेको बताउनु भयो । उहाँले लोकतन्त्र बचाउन नेपाली कांग्रेस आन्दोलनमा उत्रिएको बताउनु भयो । कार्यक्रमममा क्षेत्रीय सभापति केशव राज कुवँर वडा अध्यक्ष नाराण खड्काले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा नेकपा परित्याग गरि करिव २० जना प्रवेश गरेका छन ।कार्यक्रम लिलाधर बस्यालको सभापतित्व र बिक्रम पाण्डेको सम्पन्न भएको हो ।
छत्रदेव गाउँपालिकाको वडा नम्बर ५ छत्रगञ्जमा नेकपा परित्याग गरि १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।उनीहर लाई जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्माले टिका लगाइ साधरण सदस्य प्रदाना गर्नुभएको थियो ।कार्यक्रम बालकृष्ण पोख्रेरलको अध्यक्षतामा सम्पन्न भएको हो ।

सन्धिखर्क नगरपालिका वडा नम्वर १० अर्घा धरमपानीमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । लामापोखराबाट शुरु भएको बिरोध प्रदर्शन सरकार बिरुद्ध चर्कानाराबाजी गर्दै धरम्पानी, सिमलपानी , स्वामीकारुख हुदै गच्छेगैरामा गएर बिरोध सभामा परिणत भएको थियो ।
बिरोध सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य चन्द्रा गैरे, जिल्ला आमन्त्रीत सदस्य भेसबहादुर बिसी, नेपाल दलित संघका पुर्ब केन्द्रिय उपाध्यक्ष कमल बिक, नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार बिभागका सचिव प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्दै सरकारले जनताको मतका दरुपयोग गरेको बताएका थिए ।
कार्यक्रम नेपाली कांग्रेस वडा सभापति नारायण चुँदालीको सभापतित्व , नगर उपसभापति इश्वरी प्रसाद मरासिनीको स्वागत मन्तब्य र सचिव केशबराज आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।
सन्धिखर्क नगरपालिका वडा नम्वर ९ अर्घामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा परित्याग गरी ६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । तत्कालिन अर्घा गाविस वडा नम्वर १ मा एमालेबाट निर्बाचित वडा अध्यक्ष टेक बहादुर बिक सहितका ६ जना नेपाली कांग्रेसमा प्रबेस गरेका हुन् ।
कार्यक्रममा जिल्ला सदस्य बिष्णु क्षेत्री, माधब भुसाल, बाबुराम भुसाल, बिष्णु भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम वडा सभापति झबिन्द्र खड्काको अध्यक्षता, गणेश भुसालको स्वागत मन्तब्य र प्रमोदजंग रायमाझिको सञ्चालनमा सम्पन्न भएको हो ।
मालारानी गाउँपालिका वडा नम्वर ९ गोखुंगामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा र राष्ट्रिय जनमोर्चा परित्याग गरी २५ जना नेपाली कांग्रेसमा प्रबेस गरेका छन् ।
कांग्रेसका वडा सभापति कविराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, नेपाली कांग्रेसका जिल्ला सदस्य तारा प्रसाद श्रेष्ठ, वडा सदस्य कमला पौडेल, पुर्ब सभापति गोकर्ण भुसाल, नरेन्द्र खनाल, रिषीराम पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम बुद्धिराम भुसालको स्वागत मन्तब्य र भोलानाथ पाण्डेको सञ्चालनमा सम्पन्न भएको कुलराज खनालले बताउनु भएको छ ।
मालारानी ७ बामरुकमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसकी लुम्विनी प्रदेश सचेतक निर्मला क्षेत्रीले सरकार लोकतन्त्र र प्राप्त उपलब्धीनै समाप्त पार्ने खेलमा अगाडी बढेको बताउनु भएको छ ।
कार्यक्रम रिता भुसालको अध्यक्षता र टानबहादुर रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।
सन्धिखर्क ४ वांगलामा आज भएको बिरोध सभामा नेकपा परित्याग गरी २४ घर परिवार नेपाली कांग्रेसमा प्रबेस गरेका छन् । वांगलामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण बहादुर ज्ञवाली, क्षेत्रीय प्रतिनिधि कमल प्रसाद भट्टराई, शिक्षक संघका पुर्ब अध्यक्ष मुक्तिराम भण्डारी, क्षेत्रीय प्रतिनिधि सुभमाया आचार्य, वडा सदस्य उमानन्द अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम सफर मियाको अध्यक्षता, गणेश भण्डारीको सञ्चालन र गिता आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
पाणिनि गाउँपालिका वडा नम्वर २ पोखराथोकमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधीबेसन प्रतिनिधि लोकेन्द्र बिक, वडा अधयक्ष नेत्र प्रसाद भट्टराई, दलित संघका जिल्ला उपसभापति बाबुराम पोख्रेल, कार्यपालिका सदस्य लक्ष्मी सुनाखरी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम नेपाली कांग्रेसका वडा सभापति राम प्रसाद गौतमको सभापतित्व र निराजन रसायलीको सञ्चालनमा सम्पन्न भएको हो ।
भमिकास्थान नगरपालिका वडा नम्वर ३ धारापानीमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला आमन्त्रीत सदस्य हुम प्रसाद बन्जाडेले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम रण प्रसाद बन्जाडेको अध्यक्षता र मानबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।
छत्रदेब गाऊँपालिका वार्ड नं २ बल्कोटमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।
वार्ड सभापति नन्द बहादुर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा रहमत अलि मियाँ , तथा वार्ड का अन्य नेता तथा बुध्दीजिबी तथा कार्यकर्ता को बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा ने क पा परित्याग गरी रित बहादुर बि क ईन्सु मिया र मान बहादुर कुमाल ले नेपाली कांग्रेसमा प्रबेश गरेको वडा अध्यक्ष राजेस पन्थीले बताउनु भएको छ ।
मालारानी गाउँपालिका वडा नम्वर ४ खनमा नेपाली काङ्ग्रेसको विरोध सभा सम्पन्न भएको छ ।
खनको लुटिपोखरिमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस पुर्व जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्का नेपाल विद्यार्थी संघ केन्द्रिय सहमहामन्त्री ललिता सुनारले मन्तव्य राख्नुभएको थिया े ।कार्यक्रम सभापति लक्ष्मण पोख्रेलको सभापतित्व, पुर्व पार्टि सचिव थानेस्वर खनालको स्वागत र पार्टी सचिब रबिन खड्काको सन्चालनमा सम्पन्न भएको हो ।
विरोध सभा कार्यक्रममा सयौ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
सन्धिखर्क ११ डिभर्नामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला सदस्य तथा प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधब पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम वडा सभापति खडानन्द आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
भुमिकास्थान १० धनचौरमा नेपाली कांग्रेसको विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका महाधीबेशन प्रतिनिधि अशोक कुमार श्रेष्ठ, मानबहादुर रायमाझि, बुद्धि भट्टराई, रेमलाल भट्टराई, गोविन्द प्रसाद भट्टराई, मेघ प्रसाद गैरे, धनकुमारी रायमाझि लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम वडा सभापति हेमराज भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो ।
मालारानी ५ वागीमा कांग्रेसले सरकारको असंबैधानिक कदमको विरुद्धमा बिरोध प्रदर्शन गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्री, तरुण दलका लिलामणि पोख्रेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम वडा सभापति मणिराम खनालको अध्यक्षता, झबिन्द्र खड्काको स्वागत मन्तब्य र नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
नेपाली काँग्रेस पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा संगीता बेल्वासेल , पाणिनी ६ का वडा अध्यक्ष शुभबहादुर सारु, महिला विभाग जिल्ला सदस्य मिना बेल्वासे, वडा सदस्य खगिश्वर पौडेल, महिला संघका अध्यक्ष अमृता पौडेल, शिक्षक संघका हिमलाल पौडेल लगाएतले सरकारको अलोकतान्त्रिक कदमको विरोध गरेका थिए ।
कार्यक्रम पाणिनी ६ धातिवाङ्गका सभापति शोभाखर पौडेलको अध्यक्षता, महिला संघ जिल्ला सदस्य जानका पौडेलको स्वागत र नेविसंघ अर्घाखाँचीका उपाध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस मालारानी ३ को विरोध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली कांग्रेस पुर्व जिल्ला पार्टी उपसभापति श्यामनाथ काश्यबको प्रमुख आतिथ्यता शान्ता खनाल,राजेन्द्र सुनारको मन्तव्य वडा सभापति तथा वडा अध्यक्ष सोभाखर खनालको सभापतित्व दिनेश केसीको स्वागत मन्तव्य कृष्ण गौतमको संचालनमा विरोध कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै नेपाली कांग्रेस शितगंगा नगरपालिकाका १४ वटै वडामा बिरोध सभा सम्पन्न भएको छ। जस मध्ये वडा नम्बर १ मा राजेन्द्र केसि २ मा बिनोद आचार्य ३ मा सुमन्त पौडेल ४ मा जिल्ला सदस्य सीता भुसाल छ मा मणिराम पौडेल मा मिना पौडेल र नन्दराम भट्टराई ७ मा मोति बेल्बासे ८ मा जुनबहादुर पुलामी ९ मा सितगंगा नगरप्रमुख सुर्य प्रसाद अधिकारी १० मा तुल्सी पौडेल ११ मा कृष्ण पौडेल १२ मा तुल्सी पौडेल १३ मा कुमार केशब सिंह १४ क्षेत्रीय सभापती अच्युत गौतमले सम्बोधन गर्नु भएको थियो । प्रत्येक वडाका वडा सभापतिको सभपतित्वम र सचिब को संचालनमा सम्पन्न भएको थियो ।
प्रायः जसो सबै वडा बाट सानो देखि ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरि सयौ कार्यकर्ता प्रबेस गरेका थिए ।जसमध्ये ९,१०,११,१४ को संख्या उल्लेखनिय थियो ।
नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भन्डारिले पाणिनी ८ सचिव छबिलाल पौडेलले पाणिनी ४ सचिव बिस्णु भुसाल ले पाणिनी १ त्यसैगरी प्रचार बिभाग प्रमुख माधब प्रसाद पौडेल सन्धिखर्क ११ बिभागिय प्रमुख हरु हेमन्त बेल्बासेले भुमिकास्थान नगरपालिकाको ढिकुरा मा बिष्णु क्षेत्री सन्धिखर्क ९ संगिता बेल्बासेले पाणिनी मा सम्बोधन गर्नु भएको थियो ।

पार्टी सचिव बिष्णु भुसालले पाणिनी १ सहसचिव इन्सु मिया पाणिनी ७ कोषाध्यक्ष कृष्ण ज्ञावाली सन्धिखर्क ४ डा जयबहादुर खिल्जी अशुरकोट डा मुक्ती श्रेष्ठले नुवाकोट मा सम्बोधन गर्नु भएको थियो त्यसैगरी प्रचार बिभाग प्रमुख माधब प्रसाद पौडेल सन्धिखर्क ११ बिभागिय प्रमुख हरु हेमन्त बेल्बासेले भुनपा ढिकुरा बिस्नु क्षेत्रीले सनपा ९ संगिता बेल्बासे ले पाणिनी ६ मा सम्बोधन गर्नु भएको थियो । लक्ष्मी श्रेष्ठ छत्रदेव १ छमा कार्की छत्रदेव ३ मा सम्बोधन गनुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close