नेकपा प्रचण्ड माधव पक्षको अर्घाखाँचीका विभिन्न स्थानीय तहमा बैठक सम्पन्न

अर्घाखाँची ।नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव नेपाल पक्षले अर्घाखाँचीका तिन स्थानिय तहमा बैठक तथा भेला सम्पन्न गरेको छ ।सन्धिखर्क नगर कमिटीले आयोजना गरेको बिस्तारित बैठकमा केन्द्रिय सदस्य शुशिला श्रीपालिको प्रमुख आतिथ्यता रहेको बैठकको सञ्चालन बालकृष्ण आचार्यले गरेका थिए ।

बैठकको अध्यक्षता पार्टी कार्याल सदस्य तथा नगर इन्चार्ज राजेन्द्र भुसालले गरेको बैंठकमा प्रदेश कमिटीका सचिवालय सदस्य तथा जिल्ला सेकेटरी ठाकुर कुमार बिक, प्रदेश कमिटी सदस्य यमुना भुसाल, जिल्ला कमिटी सदस्य तथा जिल्ला संघर्ष समितिका संयोजक राम बहादुर चौहान, जिल्ला कमिटीका सदस्यहरु सरोज भुसाल, भेष बहादुर केसि, डिलाराम पाण्डे, कृष्णहरी भुसाल, माधब खनाल, सुमित्रा मुखिया, तुल्सी अधिकारी, शारदा खनाल, बिष्णु ढुंगाना, सिद्धि भुसाल सल्लाहकार सदस्य देब बहादुर रायमाझी लगाएतले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए । बैठकमा नगरका १२ वटै वडा बाट रिपोर्ट समेत राखिएको थियो ।

साथै बैठकले स्थानीय स्तरमा बाटै सघर्षका कार्यक्रम संचालन, जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै प्रतिगमनका विरुद्ध माघ १५ गते बुटवलमा हुने बिरोध सभा तथा माघ १७ गतेको जिल्ला स्तरीय कार्यकता प्रशिक्षण लाई प्रभावकारी बनाउने निणर्य गरेको छ ।

त्यसैगरी भुमिकास्थान नगरकमिटीको बैठक पनि सम्पन्न भएको छ । पार्टी प्रदेश कमिटीका सदस्य छम कुमारी खनाल चिनारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकको अध्यक्षता ठाकुर सौराग आदर्शले गरेका थिए । कार्यक्रमको सञ्चालन हृदय भुसालले गरेको कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्यहरु सुनिता बेल्बासे, शुभाष चन्द्र बन्जाडे, नरेन्द्र मान मुखिया, सर्मिला पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

बैठकले प्रधानमन्त्री केपि शर्मा ओलि चालेको प्रतिगमनका विरुद्ध २५१ सदस्यीय संघर्ष समितिको समेत गठन गरेको छ । जसको संयोजकमा हृदय भुसाल र सहसंयोजकमा बाबुराम खनाल रहेका छ्न।

त्यस्तै मालारानी गाउँपालिका कार्यालयको बैठक पनि सम्पन्न भएको छ । बैठकले प्रतिगमनका विरुद्ध यहि माध १५ गते लुम्बिनी प्रदेशको बिरोध सभाको तयारी तथा माघ १७ गते जिल्लामा हुन लागेको कार्यकर्ता प्रशिक्षणको तयारी पुरा गरिएको पालिका कमिटीका सचीव शिबलाल कुवँरले बताएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close