पशुपतिमा पञ्चामृत पूजा गर्दा सर्वसाधारणका लागि ५२ लाख रुपैयाँसम्म शुल्क, तर प्रधानमन्त्रीलाई निःशुल्क

काठमाडौं ।देश, जनता र चराचर जगत्को सुख र शान्तिको कामना गर्दै प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ मन्दिरमा पञ्चामृत पूजा गरेका छन् । देशका कार्यकारी प्रमुखबाट यस्तो पूजा पहिलोपटक भएको हो ।

पूजाका निम्ति प्रधानमन्त्री ओली बिहान ८ः४० मा पशुपतिनाथ पुगेका थिए । ‘मन्दिर परिसर दर्शनपछि ९ः१० पूजा सुरु भयो । करिब आधा घन्टा पूजा कार्यक्रम चल्यो । यस क्रममा उहाँले चराचर जगत् र राष्ट्रशान्तिको कामना गर्नुभयो,’ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले नयाँ पत्रिकासँग भने ।

प्रधानमन्त्री ओलीले एक लाख २५ हजार दीप पनि प्रज्ज्वलन गरेका थिए । ‘यस्तो पूजा गर्दा कोषले सर्वसाधारणका लागि २५ हजारदेखि ५२ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । तर, प्रधानमन्त्री कोषका संरक्षक हुनुहुन्छ, त्यसैले उहाँका लागि सम्पूर्ण पूजासेवा निःशुल्क उपलब्ध गराइएको हो,’ कार्यकारी निर्देशक डा. खतिवडाले भने ।

पूजामा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, पर्यटन, नागरिक उड्ययन तथा संस्कृतिमन्त्री भनुभक्त ढकाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई पनि सहभागी थिए ।नयाँ पत्रिका बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close