जिजु–बाजेले प्रयोग गरेका सामाग्रीहरु सन्धिखर्कमा (फोटो फिचर)

सागर महत/ अर्घाखाँची ।
पत्रकार महासंघ अर्घाखाँचीका पुर्व सभापती निमबहादुर रिजाल सक्रियतामा सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४ वाङ्गलामा स्थापना भएको बैकुण्ठपुरी संग्राहलयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुडा तथा प्रयोग गर्ने सामानहरु राखिएको छ ।
पहिले जिजु–बाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामाग्रीहरु कपडा राख्ने काठको मदुस, घ्यु राख्ने हर्पे, तेल राख्ने चौठी, मोहि पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी, ओखल,ठिकी, काठको चम्चा जातो विभिन्न जातका बिरुवा लगायत दर्जनौं वस्तुहरु राखिएको छ । यि यस्ता सामाग्रीको संमरक्षमणमा लागेको निमबहादुर रिजालको भनाइ छ ।
संग्रालयमा पानी आउदा ओड्ने सिउ, धर्मशालामा राखीएको आरी, डाला ,तमाखु खादा प्रयोग गरीने हुक्का बाँसको काइयो पुराना टेप, रेडियोे, भजनमा गाउन प्रयोग गरीने खैजडी लगायतका सामाग्री राखीएको छ ।
अहिले सोही संग्रालय हेर्न दैनीक करिव १०० जना आउने गरेको बताएको छ ।पुराना र लोभ हुने अवस्थाका सामाग्री देख्दा नयाँ पुस्ताले यस्ता सामाग्री देख्दा निकै अनैठो लाग्ने गरेको स्थानीय युवा लक्ष्मण खड्काको भनाइ छ ।
गाउँघरमा कतै कतै भेटिने यस्ता सामाग्री पुर्खाले आफ्ने सिप र ज्ञान बाट बनाएका बैकुण्ठपुरी संग्राहलय संमरक्षणको लागी स्थानीय सरकार प्रदेश र संघ सरकारले यसको संमरक्षको लाग्नु पर्ने देखीन्छ ।
फोटो मोहन श्रेष्ठ
कमेन्ट गर्नुहोस !