अर्घाखाँचीमा हाल सम्म ५ सय जना लाई कोरोना विरुद्वको खोप लगाइयो

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा कोरोना विरुद्वको खोप तिब्र गतिमा लगाउन थालिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । सरकारले सुरु गरेको पहिलो चरणको खोप अभियान बिहीबारदेखि सुरु भएको थियो ।
सोहि बमोजिम पहिलो चरणको अभियानअन्र्तगत जिल्लाका चिकित्सकले खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको कार्यक्रममा आइतबार सम्ममा स्वास्थ्यकर्मी १ सय ७५ जना,स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी ६४ जना,महिला स्वास्थ्य संयम सेविका २ सय ४१, जना ,सरसफाइकर्मी १ जना ,एम्बुलेन्स चालक ७ जना सुरक्षाकर्मी १२ जना गरि हाल सम्म ५ सय जना लाई कोरोना विरुद्वको खोप लगाइएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !