कांग्रेसका भातृ सस्थाहरुद्वारा अर्घाखाँचीमा पनि बिरोध प्रर्दशन

सन्धिखर्क ।सरकारको असंबैधानिक कदमका बिरुद्धमा नेपाली कांग्रेसका भातृ सस्थाहरुले आज देश भर बिरोध प्रर्दशन गरेका छन् । जसअन्तर्गत सोहि कार्यक्रम अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि भएको छ ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले लोकतन्त्र बचाउन कांग्रेस सडकमा उत्रिएको बताउनु भयो । उहाँले जनताको बलिदानीबाट प्राप्त उपलबधीको रक्षा गर्न नेपाली कांग्रेस जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रमा बोल्ने अन्य नेतृत्व कर्ताले संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, जनसरोकारका बिषयमा सरकार उदासिनता लगायतका विषयमा थप संघर्षको कार्यक्रम गर्नको सबै एकजुट भएर लाग्नको लागि तयार भएको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसाल, सचिव विष्णु भुसाल, महिला विभागका विभागिय संयोजक संगिता घिमिरे, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेपाल महिला संघका उपाध्यक्ष जानका बन्जाडे, मुस्लीम संघका खबर महमद मिया, दलित संघका राजेन्द्र बिक, लगायतले मन्तब्य राख्नु भएको थियो ।कार्यक्रम नेपाल महिला संघका जिल्ला उपसभापति शान्ता भण्डारीको सभापतित्व, भरतमणि भट्टराईको स्वागत मन्तब्य र कृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !