बाल क्लवका प्रतिनिधिहरु लाई अपाङ्गता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

सागर महत /अर्घाखाँची ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा बाल क्लवका प्रतिनिधिहरु को लागि अपाङ्गता सम्बन्धी अभिमुखीकरण तालिम सन्धिखर्कमा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले बालबालिकाको हक अधिकारको लागि निरन्तर नगरपालिका लागि परेको बताउदै पछिल्लो समय जिल्ला मा रहेको सक्षम परियोजना संग समन्य गरेर विभिन्न कार्यक्रम समेत सम्पन्न गरेको र आगामी कार्यक्रममा पनि सहकार्य गरेर अगाडी जाने बताउनुभयो ।

No description available.

सन्धिखर्क नगरपालिका भित्रका ५ वटा विद्यालयका बाल क्लवका प्रतिनिधिहरु ,शिक्षक प्रतिनिधिहरुले कार्यक्रम निकै प्रभावकारी भएकाले विद्यालय क्षेत्रमा बालबालिका सम्बन्धीत थप गतिविधि सँग सहकार्य गरेर अगाडी बढने बताएका थिए ।

No description available.

कार्यक्रममा परियोजनाका सुपरभाइजर लेखनाथ आचार्यले अभिमुखीकरण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।आचार्यले अपाङ्गता लाई हेर्ने दृष्टीकोणमा समुदाय स्तर बाट परिवर्तन हुनु पर्नेमा जोड दिनुभएको हो । परियोजनाले ४ वर्षको अवधिममा ३ सय ६५भन्दा बढी १८ वर्ष भन्दा मुनिका शारिरिक अपाङ्गता भएका बालबालिका लाई जिल्ला मा नयाँ जिवन दिन सफल भएको समेत बताउनुभयो । जिल्ला बाल संगठनका अध्यक्ष कुल बहादुर नेपाली लगायतको सहभागीता रहेको कार्यक्रम परियोजनाका सुपरभाइजर लेखनाथ आचार्यको अध्यक्षता कर्मचारी नाराण खनालको स्वागत मन्तव्य, परियोजना सहायक रक्षा पाण्डे संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close