नेकपा प्रचण्ड–नेपाल समूहले गर्यो भोली (बिहिबार)नेपाल बन्दको घोषणा

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले भोलि २२ गते (बिहिबार)नेपाल बन्द आह्वान गरेको छ।पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर सो समूहले आमहडतालको घोषणा गरेको हो । आमहडतालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द रहनेछन् भने अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायत अत्यावश्यक सेवाहरू सुचारु रहने भएका छन् ।
विद्यार्थीको परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने श्रेष्ठले स्पष्ट पार्नुभएको छ ।विशेष गरि असंवैधानिक रूपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरूका पदाधिकारी र सदस्यहरूको नियुक्तिको विरोधमा आमहडताल आह्वान गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !