काठमाडौँमा ट्याक्सी जलाए, बन्द गराउँदै हिँडेका ६० जना नियन्त्रणमा

काठमाडौँ — राजधानीको गोंगबूमा दाहाल(नेपाल समूहका कार्यकर्ताहरुले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् । आज आम हड्ताल आव्हान गरेको दाहाल( नेपाल समूहका कार्यकर्ताले ट्याकसीमा आगजनी गरेका हुन् ।प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
ट्याक्सी धादिङका खुम्बु श्रेष्ठको रहेको बताइएको छ । ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ ।यस्तै बिहान ७ बजेसम्म बन्द गराउँदै हिँडेका दाहाल(नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार उनीहरुलाई अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेको आरोपमा पक्राउ गरिएको हो ।
कमेन्ट गर्नुहोस !