प्रचण्ड नेपाल नेकपाको हड्तालले ,१५ सवारी साधनमा तोडफोड, १ सय५७ जनालाई नियन्त्रणमा

काठमाण्डौ ।प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपा प्रचण्ड–नेपाल समूहले आज गरेको आम हड्तालले देशभरको जनजीवन दिनभर नै प्रभावित भएको थियो । जसका कारणबन्द उलंघन गर्ने १५ वटा सवारी साधनमा तोडफोड भएको छ भने एउटा ट्याक्सी जलाइएको छ ।यस्तै प्रहरीले प्रदर्शनमा उत्रिएका १ सय५७ जनालाई नियन्त्रणमा लिएको छ।बन्द कर्ताले विशेष गरि बिहान गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । चालक कुम्भनारायण श्रेष्ठलाई सामाखुसी जाउँ भनेर भित्र छिर्ने बित्तिकै दुई जनाले पेट्रोल छर्केर आगजनी गरेका थिए ।

यता नेपाल नेकप का प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुल्चोकमा धर्ना बस्नुभएको थियो ।धर्नामा बसेका नेकपा नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखिएको थियो ।नाराबाजी गरेपछि प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताउनुभएको थियो ।यस्तै अर्का अध्यक्ष माधवकुमार नेपाल आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्कीनुभएको थियो ।नेकपा प्रचण्ड–नेपाल समूह संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा आमहड्तालको आयोजना गरेको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close