यमनमा जारी युद्धमा दिएको हतियार सहयोग अमेरिकाले रोक्ने

यमनमा जारी युद्धमा गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने भएको छ । राष्ट्रपति जो बाइडनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने घोषणा गर्नुभएको हो ।

साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उहाँको भनाई छ । यमनमा पछिल्लो ६ वर्षदेखि युद्ध जारी छ र त्यस क्रममा १ लाख १० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको बताइन्छ ।

विदेश नीतिबारे आफ्नो पहिलो मन्तव्यमा राष्ट्रपति जो बाइडनले भन्नुभयो, ‘यमनमा युद्ध रोकिनु आवश्यक छ ।’ द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडनले बताउनुभयो ।

बाइडनअघि दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमनमा विद्रोहीविरुद्ध साऊदी अरबको नेतृत्व रहेको गठबन्धनमा समर्थन गरेका थिए । यो संघर्षले यमनमा लाखौँ मानिसहरु भोकमरीको शिकार भएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close