पुष्पकमल दाहाल लाई ,प्रधानमन्त्री ओलीले मांशाहारी आन्दोलन गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताउनुभएको छ । नेकपा अध्यक्षसमेत रहनुभएका ओलीले आज राजधानीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । ओलीले पुष्पकमल दाहालले शाकाहारी आन्दोलन नहुने भन्दै मांशाहारी आन्दोलन गर्नुपर्ने बताउनुले उनीहरु नरभंक्षी भएको प्रष्ट भएको जिकीर गर्नुभयो ।बन्दको नाममा गरिब जनताको सम्पत्तिमा नोक्सान भए सरकारले हेर्ने ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुन पार्टी मूल पार्टी, कुन सक्कली, कुन नक्कलीको फैसला पनि यसले गरिदियो । आज त्यसको टुंगो लाग्यो उहाँको भनाइ छ ।
सभामा आउन नदिन बन्द–हड्ताल गरिएको भन्दै उहाँले ट्यासी जलाएकामा आलोचना गर्दै उक्त व्यक्तिलाई सरकारले क्षतिपूर्ती दिने बचन दिनुभयो ।इतिहासकै ठूलो सभामा भएको दाबी गर्नुभयो ।प्रधानमन्त्री ओलीले दरबारमार्गमा भएको सभालाई इतिहासकै ठूलो भएको दाबी गर्नुभएको छ। ओलीले सभामा आउन नदिने प्रचण्ड–नेपाल समूहले कथित नेपाल बन्द गरेर तर्साए पनि सभास्थलमा मान्छे नअटाएको बताउनुभयो ।
‘सभामा उपस्थित हुन नदिन बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न कसैले सकेनन्’, ओलीले भन्नुभयो । इतिहासकै ठूलो सभा भएकाले उनले दायाँ सञ्चयकोष, बायाँ जयनेपाल हल, घण्टाघरसम्म पनि मासिन अटाउन नसकेको दाबी गर्नुभयो ।
कमेन्ट गर्नुहोस !