इण्डियन प्रिमियर लिग आईपीएलमा नेपालबाट ८ खेलाडीको नाम पठाइयो

काठमाण्डौ ।इण्डियन प्रिमियर लिग (आईपीएल)को अक्शनका लागि नेपाल क्रिकेट सङ्घ क्यान ले ८ जना खेलाडीले नाम पठाएको छ ।भारतीय क्रिकेट बोर्ड (बिबिसिसीं )ले यसपटकको अक्सनमा एक हजार ९७ जना खेलाडीले नाम दर्ता गराएको जनाएको छ । बिसिसिआईको मिडिया रिलिजमा नेपालबाट आठ खेलाडी अक्सनमा रहेको मात्र उल्लेख गरेको थियो । क्यानका अनुसार सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरिको नाम आईपीएल अक्शनका लागि पठाइएको छ ।

सन्दीपबाहेक अन्य सात खेलाडी पहिलो पटक अक्शसनमा परेका हुन् ।विश्व क्रिकेटमा आईपीएललाई सबैभन्दा महँगो र चर्चित लिग मानिन्छ, जहाँ विश्वभरका चर्चित खेलाडीहरू खेल्छन् । क्शन आउँदो फेब्रुअरी महिनाको १८ तारिखमा चेन्नईमा हुने बताइएको छ ।अक्सनमा एसोसिएट राष्ट्रबाट २७ खेलाडी परेका छन् । एसोसिएट राष्ट्र नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई र अमेरिकाका खेलाडीले अक्सनमा आफ्नो नाम दर्ता गराएका हुन् । युएईबाट सर्वाधिक नौ खेलाडी एसोसिएट राष्ट्रका रूपमा छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close