नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलमा भारत विजयी

काठमाडौं। नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलमा भारत विजयी भएको छ । आज दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारत २-१ ले विजयी भएको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल र नेपालले एक गोल गरेको हो । भारतका लागि ६२ औं मिनेटमा फारुक हाजी चौधरीले र ८० मिनेटमा कप्तान सुनिल क्षेत्रीले दोस्रो गोल गरे । नेपालले आक्रामक खेल खेलेपनि पोष्टमा गतिलो प्रहार गर्न नसक्दा हार व्यहोरेको हो । यद्यपि, नेपालले दर्शकको मन जितेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close