१७ वर्षीया भागरथीको बलात्कारपछि हत्या

काठमाण्डौ ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोल) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। उनको बलात्कारपछि हत्या गरिएको आशंका गर्दै विद्यार्थीले शुक्रबारबाट आन्दोलन गरेका थिए । उनीहरूले किशोरीको शव भेटिएको ठाउँबाट नाराबाजी गर्दै शुक्रबार दिनभर बजार क्षेत्रमा विरोध प्रदर्शन गरे । आन्दोलित विद्यार्थीले दिनभर बैतडीको महाकाली लोकमार्ग पनि अवरुद्ध पारे । आन्दोलनरत विद्यार्थीले किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन् । बुधबार विद्यालयबाट घर फर्कने क्रममा भागरथी घर नपुग्दै बेपत्ता भएकी थिइन् ।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले घटना शंकास्पद रहेको बताए । घटनाको सबै कोणबाट अनुसन्धान सुरु गरिएको समेत उनले बताए ।
कमेन्ट गर्नुहोस !