प्रचण्ड–नेपाल समुहद्वारा नेताहरुलाई मुल पार्टीमा फर्किन आग्रह

काठमाण्डौं ।प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका रहेका नेताहरूलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ ।सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने निर्णय गरेकोले संघर्षका कार्यक्रमहरू स्थगित गरेको पनि जनाएको छ ।आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको प्रचण्ड—नेपाल समूहको स्थायी कमिटी बैठकले नयाँ सन्दर्भमा मूल पार्टीमा फर्किन नेताहरुलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
ओलीले आफूले गरेका गल्तीको सार्वजनिक रूपमा माफी मागेर आत्मालोचना गर्नुपर्ने र गुटबाट माथि उठ्ने बलियो प्रतिबद्धता जनाएमा मात्रै एकताको कुरा सुरु हुन सक्नेमा पनि स्थायी कमिटीका सदस्य एकमत रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !