केपी ओली र पुष्पकमल दाहालबीच चर्काचर्की

सबैको सन्देश /काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि फेरि चुलिएको छ । आज बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की भएको छ । सरकारले लगानी बोर्डको कार्यकारी अधिकृतमा सुशिल भट्टलाई नियुक्त गरेकोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।यता ओलीले योग्यताका आधारमा नियुक्ति गरेको जवाफ दिएका थिए । प्रचण्डले पनि यस्तै गतिविधि गर्दै गएकैले राजीनामा माग्नुपरेको जवाफ दिएको विश्वस्त स्रोतले बताएको छ । बैठकमा भट्टको नियुक्तिको विषयमा दुई अध्यक्षबीच चर्काचर्की परेको थियो ।दुवै पक्षको अडानमा कायम भएपछि बुधबार फेरि छलफल गर्नेगरि वार्ता सकिएको पनि ती नेताले बताए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close